भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने « Khabarhub

भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै भोलिदेखि लागू हुने गरी मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि सञ्चालन हुने यातायात खुल्ने भएको छ ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार लामो दूरीको सवारी खुला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधरणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : ३८ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता