महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी | Khabarhub Khabarhub

महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।

शुक्रबार काठमाडौँमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफल पश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए । प्रवक्ता शर्माले सहमतिबाटै महाधिवेशनको अन्य कार्यतालिकाका बारेमा आवश्यक निर्णय हुने बताए ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लामा भएको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : २८ बजे

रविको बयान काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आगामीमाघ ८ गतेदेखि आईपीओ निष्कासन

नेपाल लाइफ इन्स्योरेन्सको लाभन्स घोषणा

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई

माघीको तयारीमा थारू समुदाय

कैलाली– थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ ।

वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

कैलाली– कैलालीको टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका