महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी | Khabarhub Khabarhub

महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।

शुक्रबार काठमाडौँमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफल पश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए । प्रवक्ता शर्माले सहमतिबाटै महाधिवेशनको अन्य कार्यतालिकाका बारेमा आवश्यक निर्णय हुने बताए ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लामा भएको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : २८ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको