महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी « Khabarhub

महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।

शुक्रबार काठमाडौँमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफल पश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उनले बताए । प्रवक्ता शर्माले सहमतिबाटै महाधिवेशनको अन्य कार्यतालिकाका बारेमा आवश्यक निर्णय हुने बताए ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लामा भएको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : २८ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण