काठमाडौँका श्रमिकहरूको ज्यालादर ५ प्रतिशले बढ्यो « Khabarhub

काठमाडौँका श्रमिकहरूको ज्यालादर ५ प्रतिशले बढ्यो


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले श्रमिकहरूको ज्यालादर पाँच प्रतिशतले वृद्धि गर्दै नयाँ ज्यालादर सार्वजनिक गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अघिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते रेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्यालदर वृद्धि गर्ने निर्णय स्वीकृत गरेको हो ।

निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब दैनिक ७९० पाउने भएका छन् ।

पराजुलीका अनुसार काठमाडौँमा श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टालाई आधार मानी ०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ३५ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का