२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी जम्मा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १३, उदयपुरमा ५, खोटाङमा ७,  झापामा ३०१, धनकुटामा १६, पाँचथर १,  भोजपुरमा १,  मोरङमा ९५, संखुवासभामा २,   सोलुखुम्बुमा १ र सुनसरीमा १०५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ९, पर्सामा ५, बारामा १, महोत्तरी ८, सप्तरीमा ९, रौतहटमा ३, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ४१०, काभ्रेमा १२, चितवनमा १८६, दोलखामा ५, धादिङमा १०, नुवाकोटमा ३३, भक्तपुरमा ६९, मकवानपुरमा ४२,  रामेछापमा ११, ललितपुरमा १३४ सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १७६, गोरखामा ३०, तनहुँमा ११, नवलपरासी पूर्वमा ६६, पर्वतमा ३, म्याग्दीमा १६, लमजुङमा ४ , बागलुङमा २६ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ५, गुल्मीमा ७, दाङमा २९, नवलपरासीमा ६, पाल्पामा १०, प्युठानमा ४,  बर्दियामा १, बाँकेमा ५, रोल्पामा १ र रुपन्देहीमा ३४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, सल्यानमा १ र सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ५, कैलालीमा ५, डडेल्धुरामा ३, दार्चुलामा ३, र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १८ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै