प्रधानमन्त्री देउवालाई बंगलादेशी समकक्षी हसिनाद्वारा ढाका भ्रमणको निम्तो  « Khabarhub

प्रधानमन्त्री देउवालाई बंगलादेशी समकक्षी हसिनाद्वारा ढाका भ्रमणको निम्तो 


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकोमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेकी छिन् ।

उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव समेत गरेकी छिन् ।

प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बङ्गलादेशी प्रधानमन्त्रीले संसदमा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताएकी छिन् ।

निकटको छिमेकीको नाताले बङ्गलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छिन् ।

बङ्गलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने उनले विश्वास व्यक्त ग गरेकी छिन् ।

“हालै सम्पन्न राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताव्दी तथा स्वततन्त्र बङ्गलादेशको स्वर्ण महोत्सव समारोहमा नेपालका राष्ट्रपतिबाट भएको राजकीय भ्रमणको अनुरागपूर्वक स्मरण गरेकी छु, राष्ट्रपिताको स्वर्ण बङ्गलादेश बनाउने सपना साकार पार्न अग्रसर हामी विकासशील अर्थतन्त्रमा रुपान्तरण भइसकेका छौँ, सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुनेछौँ”, आफ्नो देशले गरेको आर्थिक–सामाजिक विकासबाट लाभान्वित हुन नेपाललाई आह्वान गर्दै प्रधानमन्त्री हसिनाले पारस्परिक लाभका खातिर प्रधानमन्त्री देउवासँग निकट सम्पर्कमा रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छिन् ।

पचास वर्षअघि बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला नेपाली कांग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने उनले सन्देशमा उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री देउवालाई उनले उपयुक्त समयमा यथासक्य चाँडो बङ्गलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गरेकी हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : २९ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि