पार्टीलाई घात गर्नेहरू एमाले हुनै सक्दैनन् : ईश्वर पोखरेल « Khabarhub

पार्टीलाई घात गर्नेहरू एमाले हुनै सक्दैनन् : ईश्वर पोखरेल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाल हुनै नसक्ने बताएका छन् ।

शुक्रबार एमाले काठमाडौँ – ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टी भित्र रहेर पार्टी विरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन् ।

एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई अब एमाले भन्न नमिल्ने उनको तर्क छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमाले भित्र कुनै ठाँउ नरहेको बताए । एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ ।

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद नवराज सिलवालले मुलुकको विकास गर्नका लागि वडा तहबाटै विकासको सुरुवात गर्नुपर्ने भएकाले आफ्नो ध्यान विकास निर्माणमा रहेको बताए ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : १० बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय