पार्टीलाई घात गर्नेहरू एमाले हुनै सक्दैनन् : ईश्वर पोखरेल « Khabarhub

पार्टीलाई घात गर्नेहरू एमाले हुनै सक्दैनन् : ईश्वर पोखरेल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाल हुनै नसक्ने बताएका छन् ।

शुक्रबार एमाले काठमाडौँ – ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टी भित्र रहेर पार्टी विरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन् ।

एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई अब एमाले भन्न नमिल्ने उनको तर्क छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमाले भित्र कुनै ठाँउ नरहेको बताए । एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ ।

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद नवराज सिलवालले मुलुकको विकास गर्नका लागि वडा तहबाटै विकासको सुरुवात गर्नुपर्ने भएकाले आफ्नो ध्यान विकास निर्माणमा रहेको बताए ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : १० बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर