महन्थ ठाकुर पक्ष ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा « Khabarhub

महन्थ ठाकुर पक्ष ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा आगामी सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

निर्वाचन आयोगले जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्न निर्वाचन आयोगले पार्टीका ५१ जना कार्यकारिणी सदस्यलाई प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।

आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ठाकुर पक्षले शुक्रबार रिट दायर गरेको हो ।

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले दायर गरेको रिटमा आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ।

आयोगले जसपाको आधिकारिकता सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको थियो । यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ५३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका