महन्थ ठाकुर पक्ष ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा « Khabarhub

महन्थ ठाकुर पक्ष ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा आगामी सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

निर्वाचन आयोगले जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्न निर्वाचन आयोगले पार्टीका ५१ जना कार्यकारिणी सदस्यलाई प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।

आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ठाकुर पक्षले शुक्रबार रिट दायर गरेको हो ।

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले दायर गरेको रिटमा आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ।

आयोगले जसपाको आधिकारिकता सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको थियो । यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ५३ बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय