स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो ।

४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । ५७औँ मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए । ७३औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ७९औँ मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३-२ को अग्रता दिलाए । ८५ औँ मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ८ : ५५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी