पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर « Khabarhub

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ ।

मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा हालै सम्पन्न बैठकले पुनःनिर्माणलाई गति दिने निर्णय गरेको हो ।

पुनःनिर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता भएको छ । रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समिति र पुरातत्व विभागले कोभिड–१९ को जोखिमका कारण पुनःनिर्माणका लागि काठ, ढुङ्गा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानागरपालिका–२२ स्थित बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो ।

यस मन्दिरको पुनःनिर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुनःनिर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन ।

स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परेका छन् । त्यसो त यस मन्दिरको पुनःनिर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउछन् ।

पछिल्लो बैठकपछि पुनःनिर्माणले गति लिने विश्वास गर्दै अध्यक्ष शाक्य भन्छन्, “सबै सरोकार निकायले पुनःनिर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । अब अर्को जात्राका अवसरमा काम पूरा हुनेछ ।”

उनले थप रकम उपलब्ध नहुँदासम्म पुनःनिर्माणको कामले गति लिन नसक्ने बताए । बैठकमा मन्त्री भुसालले आम जनताको आस्था रहेको मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणका लागि सहयोग सङ्कलन गर्ने र राज्यका निकायबाट प्राप्त हुन आर्थिक एवं प्रविधिक सहयोगलाई एकीकृत गर्ने बताए ।

मन्दिरको पुनःनिर्माणका लागि आर्थिक एवं अन्य सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मन्दिर परिसर निर्माणका लागिसमेत ध्यान दिनुपर्नेमा जाड दिए ।

प्रदेशसभा सदस्य खड्काले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताए । त्यस्तै पुनःनिर्माण प्राधिकरणका प्रमख कार्याकारी अधिकृत सुशील ज्ञवालीले प्रविधिकरणले उपलब्ध गराउन सकिने प्राविधिक एवं आर्थिक सहयोग दिने वाचा गरे ।

महानगर प्रमुख महर्जले जनता र राज्यको सहयोगबाट पुनःनिर्माणका काम धेरै सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार पुनःनिर्माणका काम पूरा गर्नुपर्ने बताए ।

पुरातत्व विभागका महानिर्देशक गौतमले पुनःनिर्माणको कार्यलाई गति दिने विश्वास दिलाए । विभागको समन्वयमा भएका गतिविधिबारे जानकारी गराउँदै आगामीमा दिनमा पुनःनिर्माणका कार्यलाई थप केन्द्रित गर्ने दृढता व्यक्त गरे ।

पुनःनिर्माणका लागि आवश्यक पर्ने कलात्मक इँटा महँगो हुने गरेको छ । स्थानीय कच्चा पदार्थबाट एउटा इँटा निर्माणका लागि रु नौ हजार ८५० सम्म लाग्ने देखिएको छ ।

मन्दिरको परम्परागत स्वरूपलाई कायम गर्नका लागि चुनौती भएको स्थानीय जानकारको भनाइ छ । उक्त मन्दिरमा तीन दर्जनभन्दा बढी साना ठूला विभिन्न आकार र डिजाइनका इटा प्रयोग भएको छ । त्यसले गर्दा पनि कामले गति लिन सकेको छैन ।

मन्दिर पुनःनिर्माण पूरा गर्नका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्वको महत्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् ।

मन्दिरको पुनःनिर्माण निकै कठिन भएको जनाउँदै कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको लागत एवं प्राविविधरुपमै पुनरावलोकन गर्नुपर्ने अवश्यकता रहेको बताए ।

पुनःनिर्माणका लागि विनियोजना गरिएको बजेटले काम सम्पन्न हुन नसक्ने देखिएको छ । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी एवं जडान गरिएको छ । त्यसैगरी गजुरको काम, घण्टा जडान, चारै दिशमा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ । – रासस ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ४१ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण