तालिबानलाई अफगान सरकारको मान्यता दिन सकिँदैन : बेलायती प्रधानमन्त्री बोरिस « Khabarhub

तालिबानलाई अफगान सरकारको मान्यता दिन सकिँदैन : बेलायती प्रधानमन्त्री बोरिस


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तान सरकारको रुपमा तालिबानलाई कसैले पनि द्विपक्षीय रुपमा मान्यता दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानमा चाँडै नयाँ सरकार बन्ने स्पष्ट भएकोसमेत बताएका छन् ।

“हामी कसैले द्विपक्षीय रुपमा तालिबानलाई मान्यता दिन चाहँदैनौं,” जोन्सनले भने । उनले संयुक्त राष्ट्र संघ र नाटोजस्ता संयन्त्रको माध्यमबाट अफगानिस्तानमा मिलेर काम गर्न पश्चिमलाई आग्रह गरेका छन् ।

“हामी सबै समान विचारधाराहरुको बीच एकजुट स्थिति चाहन्छौं, जहाँसम्म हामी एक पाउन सक्छौं ताकी हामी अफगानिस्तानलाई आतंकको प्रजनन स्थल बन्न बाट रोक्न सक्छौं,” उनले भने ।

तालिबान बिद्रोही आइतबार काबुलमा प्रवेश गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । अफगानिस्तानस्थित अमेरिकी दूतावासले राजधानी काबुलमा रहेको विमानस्थलमा कूटनीतिज्ञ, अधिकारी र अन्य अफगानहरु देश छोड्न भागदौड गरिरहेको देखिएका छन् ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानबाट बेलायती नागरिक र कूटनीतिज्ञ तथा अन्य अफगानी नागरिकहरुलाई बाहिर ल्याउनका लागि राजदूतले चौबीसै घण्टा काम गरीरहेको र विमानस्थलमा आवेदनको प्रक्रियामा मद्दत गरिरहेको बताएका छन् ।

उनले यति चाँडै अफगानिस्तान तालिबानको हातमा पर्ने भन्ने विश्वास नभएको बताएका छन् । तर, चाँडै अफगानिस्तानमा नयाँ सरकार गठन हुने भएकोले कुनै पनि मुलुकलाई तालिबानलाई द्विपक्षीय मान्यता नदिन उनले आग्रह गरेका छन् ।

उनले अमेरिकी सेना फिर्ता गर्ने निर्णय चाँडो भएको टिप्पणी पनि गरेका छन् । रुसले तालिबान विद्रोहीहरुलाई अफगानिस्तानको नयाँ वैधानिक प्राधिकरणको रुपमा मान्यता दिन अस्वीकार गरेको छ ।

स्रोत : रोयटर्स

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ५५ बजे

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ

दमक (झापा)- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका