तालिबानलाई अफगान सरकारको मान्यता दिन सकिँदैन : बेलायती प्रधानमन्त्री बोरिस « Khabarhub

तालिबानलाई अफगान सरकारको मान्यता दिन सकिँदैन : बेलायती प्रधानमन्त्री बोरिस


७ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तान सरकारको रुपमा तालिबानलाई कसैले पनि द्विपक्षीय रुपमा मान्यता दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानमा चाँडै नयाँ सरकार बन्ने स्पष्ट भएकोसमेत बताएका छन् ।

“हामी कसैले द्विपक्षीय रुपमा तालिबानलाई मान्यता दिन चाहँदैनौं,” जोन्सनले भने । उनले संयुक्त राष्ट्र संघ र नाटोजस्ता संयन्त्रको माध्यमबाट अफगानिस्तानमा मिलेर काम गर्न पश्चिमलाई आग्रह गरेका छन् ।

“हामी सबै समान विचारधाराहरुको बीच एकजुट स्थिति चाहन्छौं, जहाँसम्म हामी एक पाउन सक्छौं ताकी हामी अफगानिस्तानलाई आतंकको प्रजनन स्थल बन्न बाट रोक्न सक्छौं,” उनले भने ।

तालिबान बिद्रोही आइतबार काबुलमा प्रवेश गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । अफगानिस्तानस्थित अमेरिकी दूतावासले राजधानी काबुलमा रहेको विमानस्थलमा कूटनीतिज्ञ, अधिकारी र अन्य अफगानहरु देश छोड्न भागदौड गरिरहेको देखिएका छन् ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानबाट बेलायती नागरिक र कूटनीतिज्ञ तथा अन्य अफगानी नागरिकहरुलाई बाहिर ल्याउनका लागि राजदूतले चौबीसै घण्टा काम गरीरहेको र विमानस्थलमा आवेदनको प्रक्रियामा मद्दत गरिरहेको बताएका छन् ।

उनले यति चाँडै अफगानिस्तान तालिबानको हातमा पर्ने भन्ने विश्वास नभएको बताएका छन् । तर, चाँडै अफगानिस्तानमा नयाँ सरकार गठन हुने भएकोले कुनै पनि मुलुकलाई तालिबानलाई द्विपक्षीय मान्यता नदिन उनले आग्रह गरेका छन् ।

उनले अमेरिकी सेना फिर्ता गर्ने निर्णय चाँडो भएको टिप्पणी पनि गरेका छन् । रुसले तालिबान विद्रोहीहरुलाई अफगानिस्तानको नयाँ वैधानिक प्राधिकरणको रुपमा मान्यता दिन अस्वीकार गरेको छ ।

स्रोत : रोयटर्स

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ९ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया