एक महिनामा १४२ जना मानवअधिकार उल्लंघनका घटनामा पीडित « Khabarhub

एक महिनामा १४२ जना मानवअधिकार उल्लंघनका घटनामा पीडित


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मानवअधिकार सम्बन्धी गैर सरकारी संस्था इन्सेकले एक महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा १४२ जना पीडित भएको जनाएको छ । इन्सेकका अनुसार साउन महिनामा १ सय ८ जना महिला र ३४ जना पुरुष गरी १ सय ४२ जना पीडित भएका हुन् ।

सोमबार साउन महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले २०७८ साउन महिनामा विभिन्न घटनामा परी राज्य पक्षबाट चार जना र अन्य पक्षाबाट १ सय ३८ जना पीडित भएका जनाएको हो ।‘ इन्सेकका अनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६ जना पीडित भएका छन् ।

साउन महिनामा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई वटा घटना भएका छन् ।

साउन महिनामा एक जना मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएका, जातीय विभेदका घटनामा तीन जना, पुरुषलाई गरिएको यौन दुर्व्यवहारको घटनामा एक जना पीडित भएको र १५ जना घाइते भएको इन्सेकले जनाएको छ ।

बालअधिकार उल्लंघनका घटनामा परी ५१ जना बालिका पीडित भएका छन् । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३९ जना, यौन दुर्व्यवहारका घटनामा १० जना र बेचबिखनको घटनामा एक जना र बेचबिखन प्रयासको घटनामा एक जना पीडित भएका छन् ।

त्यसैगरी महिलाअधिकार उल्लंघनका घटनामा ३९ जना पीडित भएका छन् । विश्लेषणमा उल्लेख गरिए अनुसार बलात्कारका घटनामा २० जना, बलात्कार प्रयासका घटनामा पाँच जना, यौन दुर्व्यवहारका घटनामा तीन जना, जबरजस्ती यौन कार्यमा लगाएको घटनामा एक जना, एसिड प्रहारको घटनामा एक जना, बेचबिखन घटनामा चार जना ‘बोक्सी’ आरोपको घटनामा एक जना र घरेलु हिंसाका घटनामा तीन जना महिला पीडित भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ४५ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही