जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा उद्घाटन « Khabarhub

जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा उद्घाटन


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

यो नयाँ आउटलेटको उद्घाटनसँगै, अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा सुलभ पहुँच प्रदान गर्ने भएको छ ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटनका क्रममा भने, “हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।”

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।

नेपालगन्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै, कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ, जुन वास्तविक क्लासिक स्टाइलका साथ छ, जसले आधुनिक रेट्रो मोटरसाइकलहरूलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ ।

जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ५६ बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका