गण्डकी प्रदेशमा २६९ सङ्क्रमित थपिए « Khabarhub

गण्डकी प्रदेशमा २६९ सङ्क्रमित थपिए


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ ।

मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० की १०२ वर्षीय महिला, वडा नं १५ की ३५ वर्षीय महिला र वडा नं २६ का ८२ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

निर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ६५४ सङ्क्रमित निको भएका छन् । प्रदेशमा चार हजार २१० होमआइसोलेशनमा छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५७८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : १५ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान