४ लाख २७ हजार रुपैयाँसहित कौडा खेल्दै गरेका १७ जना पक्राउ « Khabarhub

४ लाख २७ हजार रुपैयाँसहित कौडा खेल्दै गरेका १७ जना पक्राउ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले झापाको दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा बुधबार १७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय हिमाल देवानको घर कम्पाउन्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला, कमल गाउँपालिकाका सुविन्द्र सुब्बा, मोहन बराल र सुनिल साह रहेका छन् ।

यसैगरी मोरङ ग्रामथान गाउँपालिका लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत, गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनीहरुको साथबाट १६ थान कौडासहित ४ लाख २७ हजार ६ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट  ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : ३१ बजे

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा