सांकेतिक तस्बिर

अपराध

फरार आठ प्रतिवादी पक्राउ

By खबरहब

September 23, 2021

दमौली- विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।