यस्तो बन्यो संसद् भवन (फोटो फिचर) « Khabarhub

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौँ पटक म्याद थपिन लागेको छ । 

२०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

त्यसयता बारम्बार म्याद थप हुँदै आएको छ । संसद् भवन निर्माण गर्न ठेकेदार कम्पनीले अहिलेसम्म चार पटक म्याद थप गरिसकेको छ। संसद् भवन बनाउने जिम्मा मन्त्रालय मातहतको विशेष भवन आयोजनाले पाएको छ। अहिलेसम्म संसद् भवन निर्माणको काम करिब ८६ प्रतिशत पूरा भएको बताइएको छ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापति, विभागीय मन्त्रीहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम पूरा गर्न निर्देशन दिँदै आएका छन् तर कहिले काम सकिन्छ टुङ्गो छैन। नयाँ भवनमा संसद्को अधिवेशन कहिले बस्छ यसै भन्न नसकिने सम्बद्ध कर्मचारीकरण बताउँछन् ।

सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ५८ बजे

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई