होटलमा टिप्स नै १२ लाख ! « Khabarhub

होटलमा टिप्स नै १२ लाख !


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जब हामी खाना वा खाजा खान कुनै रेस्टुरेन्ट वा होटलमा जान्छौ, वेटरको सेवा चित्त बुझेपछि उनीहरूलाई केही रुपैयाँ टिप्समा दिन्छौ । तर के कसैले खाना खान गएको बेला होटलका स्टाफसँग खुसी भएर लाखौं रुपैँया दिएको पत्याउनु हुन्छ ।

अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टमा एक ग्राहकले त्यहाँका स्टाफलाई १० हजार डलर अथार्त करीब ११ लाख ८० हजार रुपैँया टिप्समा दिए । रेस्टुरेन्टको स्टाफको सर्विसबाट खुसी भएका ती ग्राहकले उनीहरूको मेहनतको तारिफ गर्दै त्यति धेरै रकम टिप्समा दिएका हुन् ।

फ्लोरिडाको गेन्सभिल्लेस्थित ’द वाहू सीफूड ग्रिल’ रेन्टुरेन्टले इंस्टाग्राममा पोस्ट गरेको जानकारी अनुसार ति ग्राहकले रेस्टुरेन्टको भ्रमणपछि सबै स्टाफसंग कुरा गर्ने बताए । त्यहा उनले डाइनिंग एरियामा जम्मा भएका कर्मचारीको कडा मेहनतलाई धन्यवाद समेत दिए ।

कुराकानीपछि ति ग्राहकले त्यहाँ कार्यरत १० कर्मचारीलाई जनही १ हजार डलर टिप्स दिने बताए । रेस्टुरेन्ट धनी शन शेफर्डले पोस्टमा लेखेका छन्, म खासै भावुक मानिस होइन तर ग्राहकको यो व्यवहारबाट म भावुक बने । उनको उदारताबाट म निकै खुसी छु ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ४७ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध