होटलमा टिप्स नै १२ लाख ! « Khabarhub

होटलमा टिप्स नै १२ लाख !


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जब हामी खाना वा खाजा खान कुनै रेस्टुरेन्ट वा होटलमा जान्छौ, वेटरको सेवा चित्त बुझेपछि उनीहरूलाई केही रुपैयाँ टिप्समा दिन्छौ । तर के कसैले खाना खान गएको बेला होटलका स्टाफसँग खुसी भएर लाखौं रुपैँया दिएको पत्याउनु हुन्छ ।

अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टमा एक ग्राहकले त्यहाँका स्टाफलाई १० हजार डलर अथार्त करीब ११ लाख ८० हजार रुपैँया टिप्समा दिए । रेस्टुरेन्टको स्टाफको सर्विसबाट खुसी भएका ती ग्राहकले उनीहरूको मेहनतको तारिफ गर्दै त्यति धेरै रकम टिप्समा दिएका हुन् ।

फ्लोरिडाको गेन्सभिल्लेस्थित ’द वाहू सीफूड ग्रिल’ रेन्टुरेन्टले इंस्टाग्राममा पोस्ट गरेको जानकारी अनुसार ति ग्राहकले रेस्टुरेन्टको भ्रमणपछि सबै स्टाफसंग कुरा गर्ने बताए । त्यहा उनले डाइनिंग एरियामा जम्मा भएका कर्मचारीको कडा मेहनतलाई धन्यवाद समेत दिए ।

कुराकानीपछि ति ग्राहकले त्यहाँ कार्यरत १० कर्मचारीलाई जनही १ हजार डलर टिप्स दिने बताए । रेस्टुरेन्ट धनी शन शेफर्डले पोस्टमा लेखेका छन्, म खासै भावुक मानिस होइन तर ग्राहकको यो व्यवहारबाट म भावुक बने । उनको उदारताबाट म निकै खुसी छु ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ४७ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता