प्राधिकरणले फेरि भन्यो,‘सम्झौता नविकरण नभएका तार-उपकरण हटाउनू’ « Khabarhub

प्राधिकरणले फेरि भन्यो,‘सम्झौता नविकरण नभएका तार-उपकरण हटाउनू’


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा सेवा प्रदायकहरुले झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन पुनः चेतावनी दिएको छ ।

प्राधिकरणले बिहीबार तेस्रोपटक सूचना जारी गर्दै असोज १५ पछि सम्झौता नगरी पोलमा झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउन ताकेता गरेको हो । साथै इन्टरनेट, केबल टिभी र टेलिफोन सेवा प्रदायकहरुलाई पोलभाडा सम्झौता गरी बक्यौता भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

यसअघि २९ भदौमा पनि प्राधिकरणले सूचना जारी गर्दै यस्तै चेतावनी दिएको थियो । हालसम्म निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल, सबैभन्दा कान्छो इन्टरनेट सेवा प्रदायक सिजी नेटलगायतले मात्र भाडा सम्झौता गरेको प्राधिकरणले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमदेखि इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक, सुबिसु, भायनेट, क्लासिक टेकलगायतले प्राधिकरणसँग पोलभाडा सम्झौता नवीकरण गरेका छैनन् ।

यही विषयमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकलगायतका सरोकारवाला समूहहरुको छलफल शुक्रबार हुँदैछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : ०४ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ