मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो « Khabarhub

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीमाथि मलेसियाले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो ।

अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् ।

मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।

दूतावासका अनुसार मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।

मलेसिया सरकारले तोके अनुसार क्वारेण्टीन समेत बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । थप जानकारी आवश्यक परेमा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

मलेसियाले कोरोना महामारीका कारण नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय केही दिन अघिमात्र  गरेको थियो ।

मलेसियाको दीर्घकालीन भिसा भएर पनि मलेसिया जान नपाएका, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी, मलेसिया सरकारले भिसा जारी गरेका नेपालीहरुले प्रवेश पाउने छन् ।

हेर्नूहोस् दूतावासको सूचना

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : २५ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको