प्रेम चोपडा देख्दा श्रीमति लुकाउथे सर्वसाधारण « Khabarhub

प्रेम चोपडा देख्दा श्रीमति लुकाउथे सर्वसाधारण


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडको खतरनाक भिलेनमा अभिनेता प्रेम चोपडा गनिन्छन् । उनलाई वास्तविक जीवनमा पनि धेरै दर्शकले भिलेन नै सम्झिए । उनले एक अन्तरवार्तामा आफूलाई बाहिरी जीवनमा देख्दा धेरैले आफ्नो श्रीमति लुकाउने गरेको खुलासा गरेका थिए ।

‘हो । मानिसहरु मलाई देख्नासाथ आफ्नो श्रीमति लुकाउथे । म उनीहरुसँग गएर कुराकानी गर्न चाहन्थें । तर उनीहरुले मलाई पर्दाको भिलेनकै रुपमा हेर्थे । मानिसहरु मलाई असल खुंखार भिलेन सम्झन्थे । यसलाई म इज्जतका रुपमा लिन्थें । म आफ्नो काम राम्रो गरिरहेको छु भनेर बुझ्थें’, प्रेमले भनेका छन् ।

प्रेम ६ दाजुभाई तथा दिदीबहिनीमा तेस्रो नम्बरका हुन् । लाहोरमा जन्मिएका प्रेम परिवार विभाजनपछि शिमला, हिमाञ्चल प्रदेशमा पुगे । जहाँ उनी हुर्किए बढे । उनले शिमलाबाटै शिक्षादिक्षा लिए ।

प्रेमले पञ्जाब युनिभर्सिटीबाट ग्राजुएसन गरे । जहाँ उनी नाटकमा सहभागी हुन्थे । प्रेमका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । तर उनी ग्राजुएसन पुरा गरेपछि मुम्बई आएर बलिउडमा पाइला चाले ।

यहीबीचमा क्यान्सरका कारण उनको आमाको निधन भए । जुन समयमा उनकी बहिनी अञ्जु नौ वर्षकी थिइन् । अञ्जुको जिम्मेवारी प्रेम, उनका अन्य चार भाई र पितामाथि थियो । प्रेमले अञ्जुलाई आफ्नो पहिलो छोरी मानेर उनको पालनपोषण गरे ।

प्रेमको विवाह राज कपूरकी साली उमासँग भएको थियो । निदेशक लेख टण्डन प्रेममाझ विवाहको प्रस्ताव लिएर गएका थिए । प्रेमको रकिता, पुनीता र प्रेरणा गरी तीन छोरी छन् ।

प्रेमले आफ्नो करियरमा ‘शहीद’, ‘बोबी’, ‘बेताब’, ‘गुप्त’ र ‘कोई मिल गया’ सहित करिब ३ सय ८० फिल्ममा अभिनय गरेका छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १२ : ५९ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।