घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष पुग्यो « Khabarhub

घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष पुग्यो


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ ।

तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो । कञ्जनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकको स्मृतिमा आज दीप प्रज्वलन गरिएको छ ।

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झानामा राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले यसपटक दीप प्रज्वलन गरेको बताए ।

श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।

विश्वमै पहिलोपटक वन जङ्गलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : २५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले