सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु « Khabarhub

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।

स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये रु ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने, रु ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी रु ४७ करोड २५ लाख भुक्तानी दिइएको पाइएको छ । सबैभन्दा बढी सिरहा नगरपालिकामा रु २२ करोड २७ लाख बेरुजु र रु १४ करोड २० लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकामा रु १७ लाख ८४ हजार असुल गर्नुपर्ने, रु तीन करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा रु चार करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ । नगरप्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६–७७ मा बैठक भत्ताबापत रु ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लहान नगरपालिकामा रु १९ करोड ३६ लाख १५ हजार बेरुजु र रु सात करोड पाँच लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट रु चार करोड ४९ लाख ४४ हजार असुल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको रु छ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पु¥याउनुपर्ने तथा रु एक करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ । धनगढीमाई नगरपालिकामा रु १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा रु चार करोड ४३ लाख ८० हजार पेश्की छ भने रु एक करोड २५ लाख ४० हजार असुल गर्नुपर्ने छ । नगरपालिकाले रु चार करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा रु दुई करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विष्णुपुर गाउँपालिकामा रु १४ करोड ३४ लाख ५० हजार बेरुजु र रु एक करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा रु ६ करोड ३९ लाख ९९ हजार बेरुजु र रु एक करोड ७४ लाख ८२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रु चार करोड सात लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा रु ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र रु २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

मिर्चैया नगरपालिकामा रु दुई करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये रु ४५ लाख ४५ हजार असुल गर्नुपर्ने, रु एक करोड एक लाख २२ हजारको कागजात र प्रमण पेश गर्नुपर्ने, रु २८ लाख ७९ हजार नियमित गर्नपर्ने र रु ४२ लाख ९१ हजार पेश्की देखिएको छ । कल्याणपुर नगरपालिकाले एक वर्षमा खाजा, खाना र विविध शीर्षकमा रु ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा चारमा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन ।

स्थानीय तहमा निर्वाचित भएदेखि जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढेको लहानका नागरिक अगुवा राजेश गुप्ता बताउँछन् । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उनको भनाइ छ ।

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हँुदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरी बताउँछन् । रासस

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : १७ बजे

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित