नेकपा एसले जबजलाई आत्मसात गर्ने « Khabarhub

नेकपा एसले जबजलाई आत्मसात गर्ने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जबजलाई आत्मसात गरेर अगाडि बढ्ने बताए ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबजको मूल्य र मान्यताको रक्षा गर्न चाहेको बताए । उनले उनले भने, ‘विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुमा एकसे एक नेताहरुको उदय भएको छ । र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ ।’

जबज नेकपा एमालेको मार्गदर्शक सिद्धान्त हो । अब यो राजनीतिक कार्यक्रमलाई आत्मसात गर्ने दलको संख्या दुई हुने भएको छ । नेकपा एमालेबाट विभाजन भएको नेकपा एसको सांगठनिक संरचना पनि नेकपा एमालेकै ढाँचामा हुने देखिएको छ । तर, अध्यक्ष नेपालले आफ्नो पार्टीमा युवाहरुलाई उचित स्थान हुने बताउँदै आएका छन् ।

नेकपा एसले बिहीबार नै पार्टीको पदाधिकारी टुङ्ग्याउँदै छ । ५ उपाध्यक्ष, १ महासचिब, ३ उपमहासचिब र ४ सचिवको पदाधिकारी बनाउने स्थायी कमिटीले निर्णय गरिसकेको नेताहरुले जानकारी दिएका छन् । बिहीबार नै केन्द्रीय कमिटी बैठकले पदाधिकारी घोषणा गर्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : १७ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को