विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित « Khabarhub

विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

बजेट पारित भएसँगै राष्ट्रियसभाले बिहीबारै सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको सन्देश जानकारी गराउने कार्यसूची छ ।

यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रिपति समक्ष पठाउनेछन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्न छ । प्रतिनिधिसभाले बिहीबार बजेटसँग सम्बन्धित अन्य दुईवटा विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : ३२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले