अहिलेकै अवस्थामा एमसीसी पास गर्न सकिँदैन : नेकपा एकीकृत समाजवादी « Khabarhub

अहिलेकै अवस्थामा एमसीसी पास गर्न सकिँदैन : नेकपा एकीकृत समाजवादी


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न नसक्ने निर्णय गरेको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय हित अनुकुल बनाएर मात्र एमसीसीका विषयमा अघि बढ्न सक्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए ।

उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ । अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’

अब पार्टीले सरकारमा जाने कुरालाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : ४३ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका