सवारी चालकलाई सम्मान « Khabarhub

सवारी चालकलाई सम्मान


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज सात सार्वजनिक यातायातका चालकलाई सम्मान गरेको छ ।

लामो समयदेखि यहाँ यात्रुबाहक बस चलाउँदै आएका अग्रज चालकले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले सवारी चालक अनुशिक्षण तथा अन्तक्रियामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा महाकाली यातायात प्रालिका नवराज जोशी, पवनदूत यातायात कम्पनीका कर्णबहादुर थापामगर, सुनौलो महाकाली यातायात समितिका सुरेन्द्र बोहरा र पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका रमेशबहादुर सिंह छन् । त्यसैगरी नमस्ते शुक्लाफाँटा यातायात प्रालिका गणेश सिंह खत्री, सिद्ध बैजनाथ यातायात प्रालिका जानकी लुहार र कञ्चनपुर अटो यातायातका मदननाथलाई पनि सम्मान गरिएको थियो ।

प्रहरी नायब महानिरीक्षक कँडेलले ट्राफिक नियम पालन गरेर दुर्घटना न्यूनीकरणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै चाडपर्वका बेला दुर्घटना बढी हुने भएकाले प्रदेशभर ट्राफिक नियम र सचेतनासम्बन्धी कार्यमा प्रहरी सक्रिय रहने छ बताए ।

‘सवारी दुर्घटना नगराई, सावधानीपूर्वक सवारी साधन चलाउने र ट्राफिक नियम पालन गर्नेलाई हामीले सम्मान पनि गर्छौ भन्ने सन्देश पनि हो,’ कञ्चनपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले भने, ‘ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न पनि छोडिन्न ।’

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका थिए । ती घटनामा जरिवानाबापत ८० लाख रुपैयाँ सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : ५८ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को