‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूरको निधन « Khabarhub

‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूरको निधन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– भारतीय टेलिभिजन रियालिटी ‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूर अनेजाको हृदयघातका कारण इजिप्टमा निधन भएको छ । जगनूर इजिप्ट घुम्न गएका थिए ।

बुधबारमात्र जगनूरले इन्स्टाग्राममा आफ्नो एक भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा उनले आफ्नो इजिप्ट यात्राको फोटो लगातार शेयर गरिरहेका थिए । उनले रिल भिडियो शेयर गरेका थिए । जसमा उनी इजिप्टको सुन्दर लोकेशन र पिरामिडमा देखिएका थिए । भिडियो र तस्वीरमा उनी पूर्ण रुपमा फिट देखिएका थिए ।

‘एउटा सपना सत्य भयो । जब मैले गीजाको महान पिरामिडहरुलाई देखें । मेरो बकेट लिस्टमा एक इच्छा पुरा भयो’, उनले क्याप्सन लेखेका थिए । जनगूरको निधनको खबरले उनको परिवार र सेलिब्रेटी शोकमा छन् ।

जगनूरले ‘एमटीभी लभ स्कूल’ को पहिलो र दोस्रो सिजनमा अभिनय गरेका थिए । उनी आफ्नो पूर्व प्रेमिका मोनिकासँगको सम्बन्ध सुधार्नका लागि शोमा सहभागिता जनाएका थिए । तर उनीहरुको कुरा मिलेन र दुबैको ब्रेकअप भयो । शोका अर्का एक प्रतिष्पर्धीले जगनूरको सेक्सुअल ओरिएन्टेसनमा प्रश्न सोधेपछि उनलाई ‘गे’ भनिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ४ : ३६ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन