राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन « Khabarhub

राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो ।

प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे ।

प्रतिष्ठानकै योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले गौरी (खण्डकाव्य) वाचन गरेका थिए ।

कूलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकविका प्रकाशन गर्न बाँकी रचनालाई प्रतिष्ठानले प्रकाश गर्ने र अन्य प्रकाशित रचनालाई समेत व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे ।

उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय र साहित्यकार रमा शर्माले राष्ट्रकविका व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरे । राष्ट्रकविको २०७७ साल भदौ ५ गते १०१ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ८ : २९ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी