विद्यालयको भवन जीर्ण, जोखिम मोलेरै पढ्न आउँछन् विद्यार्थी « Khabarhub

विद्यालयको भवन जीर्ण, जोखिम मोलेरै पढ्न आउँछन् विद्यार्थी


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- २१ वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण बनेको छ ।

सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा परिणत भएको स्थानीयवासी बताउँछन् ।

राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । पाँच शिक्षक कार्यरत विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

वर्षायाममा विद्यालय भत्कने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुल्ला आकाशमा पठनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्दले बताए ।

“म अध्यक्ष वैशाखमा भएको हुँ, विद्यालय निर्माणका लागि धेरै पटक पालिकामा गए पनि मुस्किलले यो आर्थिक वर्षमा रु दुई लाख रकम विनियोजन गरेको छ”, उनले भने, “ यो रकमले विद्यालय निर्माण हुन सक्दैन् । यो हात्तीको मुखमा जिरा भएको जस्तै हो ।”

विद्यालयको अवस्था दैनिक दयनीय भएपछि विद्यार्थी पढ्न छाडेर छिमेकी मष्टा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयमा जाने गरेको स्थानीयवासी प्रकाश चन्दले जानकारी दिए ।

लामो समय हिँडेर छिमेकी विद्यालयमा ज्यान बचाउनकै लागि जानुपरेको विद्यार्थी अशोक चन्दले बताए । पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर छ उनले भने विद्यालयमा खानेपानी, शौचालयसमेत नहुँदा विद्यार्थी हैरान भएका छन् ।

छ कोठे जीर्ण भवनभित्र सबै काम गर्नुपर्दा हैरान भएको अध्यक्ष चन्दले बताए । हामी सबै गाउँले मिलेर निर्माण गरेको विद्यालय हो, कसैले हेरेका छैनन् उनले भने ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयमा देखिएको समस्या समाधानका लागि पहल गरिने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ५९ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद