उपत्यका विकास प्राधिकरण र उपत्यकाका नगर प्रमुखहरूबीच छलफल | Khabarhub Khabarhub

उपत्यका विकास प्राधिकरण र उपत्यकाका नगर प्रमुखहरूबीच छलफल


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग प्रधिकरणले हालसम्म गर्दै आएका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल गरेको छ । कार्यक्रममा प्रधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव बिकास आयुक्त दिलिप शेखर श्रेष्ठले जानकारी दिएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत छलफल भएको थियो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले उपत्यका विकास प्रधिकरण र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरु, सम्पूर्ण नदीहरुको कोरिडोर निर्माणका कामहरु एकीकृत रुपमा अबका दिनमा प्राधिकरणले गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रधिकरणले योजना अनुमति दिने गरेको तर बिना अनुमति डाडाकाँडामा अहिले डोजर चलाउने गरेको देखिएकोले अनुमतिविना गरिने त्यस्ता कार्यलाई रोक्नको लागि पनि प्राधिकरणले ध्यान दिनुपर्ने उनले बताए ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्रधिकरण साना साना कामहरु भन्दा ठूला कामहरुमा फोकस हुनुपर्ने टिप्पणी गरे । उपत्यकाको नदी कोरिडोरसँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागु गर्नुपर्ने, खोलाको सूचिकरण गर्ने, नदी सभ्यतालाई कायम गर्दे दिगो रुपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिँदै नगरपालिकाहरुलाई प्रविधिक सहयोग गर्ने, समन्वयातमक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाडौँ उपत्यकाको मास्टर प्लान काठमाडौँ उपत्यका विकास प्रधिकरणले बनाउनुपर्ने, प्रधिकरणले नगरपालिकासँग समन्वय गरेर विकासनिर्माणका कामहरु गर्नुपर्ने र अनाधिकृत रुपमा भएको जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्ने बताए ।

चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बाहिरी चक्रपथ काठमाडौँको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटो भन्दा छिटो काम सुरु गरिहाल्नुपर्ने बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा क्षेत्रमा स्मार्ट सिटीको लागि भनेर जग्गा रोकेर राखेको भएपनि अहिले सम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ९ : ५५ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार