नोबेल पुरस्कार विजेतालाई अब सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने « Khabarhub

नोबेल पुरस्कार विजेतालाई अब सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोल्म– यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ ।

परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको नोबेल शान्ति पुरस्कारसम्बन्धी निर्णयबारे भने अहिलेसम्म कुनै निर्णय नगरिएको फाउण्डेसनले जानकारी गराएको छ ।

नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेतालाई ओस्लोमा स्वागत गर्ने सम्भावना अझै खुला राखेको छ । समितिले ओस्लो समारोहको ढाँचा अक्टोबर महिनाको मध्यसम्ममा घोषणा गर्ने बताइएको छ ।

नोबेल फाउण्डेशनका कार्यकारी निर्देशक विदार हेल्गेसिनद्वारा जारी वक्तव्यमा भनिएको छ, “मेरो विचारमा सबैजना कोभिड–१९ को महामारी समाप्त होस् भन्ने चाहन्छ, तर हामी अहिलेसम्म त्यहाँ छैनौं ।”

उनले पुरस्कार वितरण व्यवस्था सम्बन्धमा थपे, “महामारी र अन्तर्राष्ट्रिय यात्रा सम्भावनाको ढाँचाबारे अझै अनिश्चितता रहेकोले सन् २०२१ का पुरस्कार विजेताहरूले आफ्नो गृह देशमा नै आफ्नो पदक र प्रमाणपत्र पाउने ब्यवस्था गर्न नहुने खासै कारण देखिएन ।”

विजेताहरूको घोषणा अक्टोबर महिनाको शुरुमा गरिन्छ तर सामान्यतया डिसेम्बर १० मा दुई स्कान्डेनेभियाली राजधानीमा भव्य समारोहहरूबीच पुरस्कार वितरण गर्ने प्रचलन छ । यो दिन पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको मृत्युको वार्षिकोत्सव हो । उनको मृत्यु सन् १८९६ डिसेम्बर १० मा भएको थियो ।

यस फाउन्डेसनले महामारीमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण पुरस्कार प्राप्त गर्नेहरूको आ–आफ्नो गृह देशमा विज्ञान र साहित्य पुरस्कार दिने निर्णय गत वर्ष पनि गरेको थियो ।

विज्ञान विधा अन्तर्गत चिकित्सा, रसायनशास्त्र र भौतिकशास्त्रमा पुरस्कार दिने गरिएको छ । सन् २०२० मा जस्तै सन् २०२१ मा पनि पुरस्कार समारोहलाई ‘डिजिटल र भौतिक स्वरूपमा हुने फाउन्डेसनले जानकारी गराएको छ ।

पहिलो पुरस्कार वितरण गरिएको सन् १९०१ देखि यस वर्षसम्म आइपुग्दा फाउण्डेसनले १२० औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । नोबेल पुरस्कारको घोषणा सामान्यतया अक्टोबर ४ देखि ११ सम्म गरिन्छ ।

आगामी अक्टोबर महिनाको ४ तारिख (सोमबार) मा चिकित्सातर्फको पुरस्कार घोषणा गरिनेछ भने अक्टोबर ५ (मङ्गलबार) भौतिकशास्त्र तथा अक्टोबर ६ (बुधबार) रसायनशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ ।

बहुप्रतीक्षित साहित्य र शान्ति पुरस्कार क्रमशः अक्टोबर ७ र ८ (बिहीबार र शुक्रबार) घोषणा गरिनेछ । त्यसपछि अक्टोबर ११ (सोमबार) स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ । (रासस/एएफपी)

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ३० बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा