साढे ४ लाख कोरोना संक्रमित थपिए, मृत्यु कति ? « Khabarhub

साढे ४ लाख कोरोना संक्रमित थपिए, मृत्यु कति ?

३ लाख ८३ हजार ९२६ जना संक्रमणमुक्त


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा साढे ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख ५० हजार ९८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो शुक्रबार ३ लाख ३४ हजार १५६ जनामा कोरोना पुष्टि भएको थियो ।

आज अमेरिकामा ७८ हजार ८६३, बेलायतमा ४९ हजार २९८, रुसमा ३७ हजार १४१, टर्कीमा २८ हजार १९२, भारतमा १६ हजार ३३१ र ब्राजिलमा १४ हजार ५०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ३ लाख ८३ हजार ९२६ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६५० जना संक्रमणमुक्त भएका हुन् । त्यसैगरी टर्कीमा ३० हजार, बेलायतमा २८ हजार, रुसमा २५ हजार, भारतमा १७ हजार र ब्राजिलमा ९ हजार बढी एकैदिन निको भएका छन् ।

गत २४ घण्टामा ७ हजार ६२७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ५३५, रुसका एक हजार ६४, भारतमा ६६६, ब्राजिलमा ४४७, टर्कीमा २२८ र बेलायतमा १८० जना रहेका छन् ।

यसअघि हिजो ४ लाख २८ हजार ३५ जना कोरोनामुक्त भएका थिए भने ४ हजार ८११ जनाको मृत्यु भएको बताइएको थियो ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ३७ लाख ४ हजार ४३२ पुगेको छ । तीमध्ये २२ करोड ८ लाख ३१ हजार १३४ जना निको भइसकेका छन् भने ४९ लाख ५२ हजार ८३१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ४५ बजे

यी हुन रास्वपाले तय गरेका संसदीय समितिका सभापतिहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको

सीजीले ल्यायो वर्ष २०८३ का लागि नयाँ अभियान : ‘एक्सपेरिएन्स लाइफ विद सीजी’

काठमाडौं–  सीजीले नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ वार्षिक ब्रान्ड

चौथो कर्णाली चलचित्र कार्यशाला वैशाख ८ देखि सुर्खेतमा हुने

सुर्खेत– कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अनुशासन समितिले दुई नेतालाई स्पष्टीकरण सोध्ने