चनौटेमा बेलिब्रिज निर्माण सुरु | Khabarhub Khabarhub

चनौटेमा बेलिब्रिज निर्माण सुरु


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- बाढीले क्षति पुर्‍याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ ।

गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए ।

अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रबार बेलिब्रिज निर्माण थालिएको हो । पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३ पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २  मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए ।

बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले रु ९० लाख ५३ हजार निकासा गरेको छ । पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको तिम्बु, मेलम्ची घ्याङ तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने हिमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : २२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी