पाँच बर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा उपप्रध्यापक पक्राउ « Khabarhub

पाँच बर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा उपप्रध्यापक पक्राउ


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ३० बजे

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा