गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम « Khabarhub

गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा विद्युत अनियमित भएपछि उपभोक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटम दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रमुख र उद्योग वाणिज्य संघसँग छलफल गरेका थिए ।

पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र जिल्ला तथा क्षेत्रको सहयोगमा प्राविधिक समस्याको पहिचान गरेर सेवा नियमित गर्ने प्रतिवद्धता जनाएको छ ।

मोबाइल फोन नलाग्ने समस्या पनि उस्तै छ । नेपाल टेलिकम गुल्मीका प्रमुख रुक्मागत सापकोटाले नेटवर्कको समस्या भएका हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङका टावर एक महिनाभित्र संचालनमा ल्याइने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ५१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका