ब्यारेकको आरतीमा मन भुलाउदै आर्यन खान « Khabarhub

ब्यारेकको आरतीमा मन भुलाउदै आर्यन खान


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– लागुऔषध मामलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेर जेलमा बसेको १९ दिन पुगेको छ । सुरुवाती दिनमा उनी बिना खानपिन जेलमै बसिरहेको समाचार बाहिर आएको थियो ।

तर अहिले उनको दैनिकीमा केही परिवर्तन भएको छ । रिहाईको पखाईमा रहेका आर्यन दैनिक रुपमा जेलमा हुने आरतीमा सहभागिता जनाइरहेका छन् । स्रोतका अनुसार आर्यनलाई राखिएको ब्यारेकमा बनेको मन्दिरमा हरेक साँझ ७ बजे आरती हुने गर्दछ । आर्यन आरती नसकुञ्जेलसम्म मन्दिरमै बस्ने गरेका छन् ।

आर्यनसहित ८ जनालाई क्रुजमा पार्टी गरिरहेको समयमा अक्टोबर २ मा नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो । उनका पिता शाहरुख बिहीबारमात्र छोरालाई भेट्न आर्थर रोडस्थित जेलमा पुगेका थिए । त्यहाँ करिब १८ मिनेट बिताएका शाहरुखले आर्यनसँग इन्टरकममार्फत कुराकानी गरेका थिए ।

शाहरुख जेलबाट फर्किनासाथ आर्यन भिजिटर रुममा बसेर रोएका थिए । त्यही समयमा जेलका कैदीले उनको काँधमा हात राखेर शान्त हुन आग्रह गरेका थिए । उनी भिजिटर रुमबाट ब्यारेकमा फर्किरहँदा त्यहाँको भेटघाट कक्ष बाहिर करिब २० मानिस लाइनमा थिए ।

आर्यनको आँखामा आँसु देखेपछि त्यहाँका मानिसहरुले नरुन भनेका थिए । केहीले उनले आगामी क्षणमा जमानत मिल्ने सान्तवना दिएका थिए । अर्का एक व्यक्तिले दिवालीमा घर पुग्ने भएकाले चिन्ता नलिन भनेका थिए । त्यसपछि दुई सुरक्षाकर्मीले आर्यनलाई लिएर ब्यारेक गएका थिए ।

ब्यारेक फर्किएपछि केही समयसम्म उनले केही खाएनन् । उनी एक कुनामा शान्त बसेका थिए । एकदुई बन्दीले उनलाई प्रश्न गर्दा केवल टाउकोमात्र हल्लाएर जवाफ दिएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ०२ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले