आर्यन मामलाका कारण फिल्मबाट निकालिइन अनन्या « Khabarhub

आर्यन मामलाका कारण फिल्मबाट निकालिइन अनन्या


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मुम्बई क्रुज लागुऔषध मुद्धामा बलिउड अभिनेत्री अनन्या पाण्डेको नाम जोडिएपछि उनीमाथि समस्याको श्रृंखला सुरु भएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले उनलाई दुईपटक सोधपुछ गरिसकेका छन् र सोमबार पुनः एनसीबीमा हाजिर हुनुपर्नेछ ।

यो घटनाको असर उनको करियरमा देखिएको छ । आर्यन खानको लागुऔषध मुद्धासँग जोडिएर नाम आएपछि उनलाई दक्षिण भारतीय सुपरस्टार थलपति विजयको फिल्मबाट निर्माताले निकालेका छन् ।

विजय चाँडै नै फिल्म ‘थलपति ६६’मा देखिँदैछन् । यो फिल्मलाई वामशी पेडिपल्लीले निर्देशन गरिरहेका छन् । यो फिल्मको छायांकन आगामी वर्षबाट सुरु हुँदैछ । यो फिल्ममा अभिनेत्रीको रुपमा अनन्या छानिएकी थिइन् । यो फिल्म हिन्दी भाषामा पनि डब हुँदैछ ।

तर लागुऔषध मामलासँग जोडिएपछि अनन्यालाई फिल्म ‘थलपति ६६’बाट हटाइएको छ । अनन्याको नाम आर्यनको ह्वाट्स एप च्याटमा देखिएपछि बिहीबार एनसीबीको टिम उनको घर पुगेको थियो । उनलाई बिहीबार र शुक्रबार सोधपुछ गरिएको थियो । अनन्यामाथि च्याटमा गाँजा माग्ने कुरा गरेको आरोप छ ।

अनन्याले करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’मा अभिनय गरिन् । यसबाहेक उनी इशान खट्टरको फिल्म ‘खाली पिली’मा पनि देखिएकी छन् । यी तिन फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेनन् । अनन्या हाल विजय देवरकोण्डाका साथ फिल्म ‘लिगर’मा काम गरिरहेकी छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ०७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति