आर्यन मामलाका कारण फिल्मबाट निकालिइन अनन्या « Khabarhub

आर्यन मामलाका कारण फिल्मबाट निकालिइन अनन्या


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मुम्बई क्रुज लागुऔषध मुद्धामा बलिउड अभिनेत्री अनन्या पाण्डेको नाम जोडिएपछि उनीमाथि समस्याको श्रृंखला सुरु भएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले उनलाई दुईपटक सोधपुछ गरिसकेका छन् र सोमबार पुनः एनसीबीमा हाजिर हुनुपर्नेछ ।

यो घटनाको असर उनको करियरमा देखिएको छ । आर्यन खानको लागुऔषध मुद्धासँग जोडिएर नाम आएपछि उनलाई दक्षिण भारतीय सुपरस्टार थलपति विजयको फिल्मबाट निर्माताले निकालेका छन् ।

विजय चाँडै नै फिल्म ‘थलपति ६६’मा देखिँदैछन् । यो फिल्मलाई वामशी पेडिपल्लीले निर्देशन गरिरहेका छन् । यो फिल्मको छायांकन आगामी वर्षबाट सुरु हुँदैछ । यो फिल्ममा अभिनेत्रीको रुपमा अनन्या छानिएकी थिइन् । यो फिल्म हिन्दी भाषामा पनि डब हुँदैछ ।

तर लागुऔषध मामलासँग जोडिएपछि अनन्यालाई फिल्म ‘थलपति ६६’बाट हटाइएको छ । अनन्याको नाम आर्यनको ह्वाट्स एप च्याटमा देखिएपछि बिहीबार एनसीबीको टिम उनको घर पुगेको थियो । उनलाई बिहीबार र शुक्रबार सोधपुछ गरिएको थियो । अनन्यामाथि च्याटमा गाँजा माग्ने कुरा गरेको आरोप छ ।

अनन्याले करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’मा अभिनय गरिन् । यसबाहेक उनी इशान खट्टरको फिल्म ‘खाली पिली’मा पनि देखिएकी छन् । यी तिन फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेनन् । अनन्या हाल विजय देवरकोण्डाका साथ फिल्म ‘लिगर’मा काम गरिरहेकी छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ०७ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले