कतारमा अवैध रुपमा बस्ने नेपालीले रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने « Khabarhub

कतारमा अवैध रुपमा बस्ने नेपालीले रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवैध भएका नेपाली कामदारलाई रोजगारदाता कम्पनी खोजेर काम गर्न पाउने मौका दिएको छ ।

कम्पनी अन्तर्गत कार्य (वर्किङ भिसा)मा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका नेपालीले कम्पनी खोजेर काम गर्न पाउने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कुनै पनि रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई आवश्यक कागजात सहित कतारको आन्तरिक मन्त्रालयले तोकेको केन्द्रहरुमा गई निवेदन पेश गरी हालसम्मको दण्ड जरिवाना छुट तथा सजाय मिनाहा गरी रोजगारदाता कम्पनीमा कागजात नियमित गर्न सकिने जनाएको छ ।

यसरी रोजगारी सुनिश्चित नभएको हकमा स्वदेश फिर्ति सहजीकरणका लागि सर्च एन्ड फलो अप डिपार्टमेन्टको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरि स्वदेश फर्कन पाइने दूतावासले जनाएको छ ।

जुनसुकै प्रकारका भिसा जस्तै, भिजिट तथा फेमेली भिसामा कतार आएका तर, भिसाको म्याद समाप्त भई कतार बसाई अवैध भएकाहरुको हकमा समेत सर्च एन्ड फलो अप डिपार्टमेन्टको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले जनाएको छ ।

कतार सरकारले जारी गरेको यो घोषणा डिसेम्बर ३१ अर्थात २०७८ पौष १६ गते सम्म लागू हुने भएकाले उल्लेखित अबधिमा यस अवसरको सदुपयोग गरी तोकिएको कानुनी कारबाहीबाट बाच्न कतारमा रहेका सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

कतारले अवैध कामदारलाई कम्पनी खोजेर काम गर्न दिने निणर्य गरेसँगै यहाँ अवैध रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली वैधानिक रुपमा कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

यी स्थानमा गएर अवैध नेपालीले कुनै पनि रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई निवेदन दिन सक्ने छन् :

* उम सलाल सर्भिस सेन्टर
* उम सुनाइम सर्भिस सेन्टर
* मिसाइमिर सर्भिस सेन्टर
* अल रय्यान सर्भिस सेन्टर
* अल वक्रा सर्भिस सेन्टर

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ३ : २० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै