एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास « Khabarhub

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’

निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया सुरु गरेको बताए । ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ,’ उनले भने, ‘सबैतिर राम्रो समाचार आइरहेको छ । सर्वसम्मतको प्रयास गरिरहनुभएको छ ।’

कास्कीसहित गण्डकीका ७५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ । गण्डकीको सबैभन्दा धेरै स्याङजामा ९७ वडा छन् भने सबैभन्दा कम मुस्ताङमा २५ वटा वडा छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ३ : ४३ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत