बिनले गराईदिए पल वाकरको छोरीको विवाह « Khabarhub

बिनले गराईदिए पल वाकरको छोरीको विवाह


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– हलिउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस’का दिवंगत अभिनेता पल वाकरकी छोरी मिडो वाकरले प्रेमी लूइस थोर्नटन एलनसँग एक निजी समारोहकाबिच विवाह गरेकी छन् । केही नजिकका साथी र परिवारमाझ गरिएको विवाहमा पलका मिल्ने साथी बिन डिजलले मिडोको विवाह गराईदिएका हुन् ।

यो विवाहमा बिनले आफ्नो नजिकका दिवंगत साथीको स्थान लिएर उनको छोरीलाई बेहुलासम्म पुर्‍याएका थिए । यो भावुक क्षणको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

मिडोले हालैमात्र आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर र भिडियो सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको भिडियोमा मिडोले सबै प्रक्रिया पुर्‍याएर विवाह गरेको फुटेजको क्लिप राखेकी छन् । उनले ‘हामीले विवाह गर्यौं’ भनेर लेखेकी छन् ।

दोस्रो पोस्टमा मिडोले विनका साथ हिँडेर विवाहस्थलमा प्रवेश गरेको र विवाह पछि खुशी मनाउदै गरेको दुई तस्वीर राखेकी छन् । क्रिश्चियन परम्परा अनुसार गरिएको विवाहमा बेहुलीकै पिता उनको हात समाएर बेहुलाको अगाडि पुग्छन् । तर पलको अनुपस्थितिमा बिनले पलको भूमिका निर्वाह गरेका छन् ।

पल वाकर र बिन डिजल फिल्म ‘फास्ट एण्ड फ्युरियस’मा सँगै देखिएका थिए । अनस्क्रिनसँगै अफस्क्रिनमा पनि यी दुई अभिनेता मिल्ने साथी हुन् । सन् २०१३ मा पलको एक कार दुर्घटनामा निधन भएको थियो । त्यसपछि बिन र उनको परिवारको सम्बन्ध अझ मजबुत भयो । मिडो विनलाई आफ्नो ‘गडफादर’ मान्छिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : २२ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले