बिनले गराईदिए पल वाकरको छोरीको विवाह « Khabarhub

बिनले गराईदिए पल वाकरको छोरीको विवाह


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– हलिउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस’का दिवंगत अभिनेता पल वाकरकी छोरी मिडो वाकरले प्रेमी लूइस थोर्नटन एलनसँग एक निजी समारोहकाबिच विवाह गरेकी छन् । केही नजिकका साथी र परिवारमाझ गरिएको विवाहमा पलका मिल्ने साथी बिन डिजलले मिडोको विवाह गराईदिएका हुन् ।

यो विवाहमा बिनले आफ्नो नजिकका दिवंगत साथीको स्थान लिएर उनको छोरीलाई बेहुलासम्म पुर्‍याएका थिए । यो भावुक क्षणको तस्वीर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

मिडोले हालैमात्र आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर र भिडियो सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको भिडियोमा मिडोले सबै प्रक्रिया पुर्‍याएर विवाह गरेको फुटेजको क्लिप राखेकी छन् । उनले ‘हामीले विवाह गर्यौं’ भनेर लेखेकी छन् ।

दोस्रो पोस्टमा मिडोले विनका साथ हिँडेर विवाहस्थलमा प्रवेश गरेको र विवाह पछि खुशी मनाउदै गरेको दुई तस्वीर राखेकी छन् । क्रिश्चियन परम्परा अनुसार गरिएको विवाहमा बेहुलीकै पिता उनको हात समाएर बेहुलाको अगाडि पुग्छन् । तर पलको अनुपस्थितिमा बिनले पलको भूमिका निर्वाह गरेका छन् ।

पल वाकर र बिन डिजल फिल्म ‘फास्ट एण्ड फ्युरियस’मा सँगै देखिएका थिए । अनस्क्रिनसँगै अफस्क्रिनमा पनि यी दुई अभिनेता मिल्ने साथी हुन् । सन् २०१३ मा पलको एक कार दुर्घटनामा निधन भएको थियो । त्यसपछि बिन र उनको परिवारको सम्बन्ध अझ मजबुत भयो । मिडो विनलाई आफ्नो ‘गडफादर’ मान्छिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : २२ बजे

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा

एमालेको पहिलो केन्द्रीय कमिटी बैठकको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

दुई बजेलाई सारिएको बैठकमा पौने तीन बजे पुगे ओली, बाजा बजाएर स्वागत

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन

काठमाडौं– सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा

भैरहवा विमानस्थल नखुलेपछि रविलाई चितवनतर्फ लगियो (तस्बिरहरू)

काठमाडौं- मौसममा खराबी हुँदा रुपन्देहीस्थित भैरहवा विमानस्थल मौसम नखुलेपछि राष्ट्रिय