एमालेका विभिन्न कमिटीमा अधिवेशनको तयारीमा जुटे | Khabarhub Khabarhub

एमालेका विभिन्न कमिटीमा अधिवेशनको तयारीमा जुटे


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन् । सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष गरी चार कमिटी रहेका छन् । शाखा अधिवेशन शनिबार सुरु भएको छ भने इलाका अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ शाखा तथा १२ इलाका कमिटीको अधिवेशन हुनेछ ।

यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीअन्तर्गत ११ शाखा अधिवेशन तथा दुई इलाका कमिटीको अधिवेशन हुनेछ । पर्यटन इलाका तथा शैक्षिक परामर्श व्यवसायी शाखा अधिवेशन सम्पन्न भइसकेको छ । मजदुर विशेष जिल्ला कमिटीअन्तर्गत ४० शाखा ११ इलाका कमिटीको अधिवेशन हुनेछ । एमालेको केन्द्रीय कार्यतालिकाबमोजिम शनिबार देशभर वडा अधिवेशन भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : १८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर