ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन « Khabarhub

ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द शत्र शुरु भएकाले रातिसम्म नेतृत्व चयन भइसक्ने एमाले जिल्ला सचिव शंकर कटवालले बताए ।

जिल्लाका कुल ८ स्थानीय तहका ७५ मध्ये ९ वडामा भने स्थगित भएको छ । तयारी नपुगेर स्थगन गरिएको सचिव कटवालको भनाइ छ । कतिपय वडामा कमिटी घोषणा गर्न विधानमा तोकिए बमोजिमका पार्टी सदस्य अधिवेशन स्थलमा उपस्थित नभएकाले स्थगित गरिएको हो । वडामा ३१ सदस्यीय कमिटी रहने एमाले विधानमा उल्लेख छ ।

चिशंखुगढीका ८ मध्ये ३ वडामा अधिवेशन स्थगित गरिएको छ । यीमध्ये २ वडाको पहिले नै र एक वडामा कोरम नपुगेर शनिबार स्थगित भएको हो । त्यस्तै मानेभञ्ज्यांगका ४ वटा वडा, सुनकोसीका २ वडामा ८ कात्तिकमा अधिवेशन हुने बताइएको छ । स्थानीय तहको अधिवेशन देशभर ९ गते तोकिएको छ । त्यसअघि वडा अधिवेशन सक्नुपर्ने समयसीमा छ ।

कतिपय वडामा कमिटीमा राख्ने पदाधिकारी संख्या जति पनि पार्टी सदस्य नहुँदा एमालेलाई समस्या भएर स्थगित गरिएको एमालेकै नेताले बताएका छन् । पार्टी विभाजनले कतिपय वडामा कमिटीका पदाधिकारी चयनमा एमालेलाई सकस छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ४६ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा