कोइरालासहित एक दर्जन नेता भोलि धादिङ जाँदै « Khabarhub

कोइरालासहित एक दर्जन नेता भोलि धादिङ जाँदै


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिका आकांक्षी कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायत एक दर्जन नेताहरु आइतबार धादिङ जाने भएका छन् ।

मातृ शोकमा रहेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई समवेदना प्रकट गर्न उनीहरु त्यहाँ जान लागेका हुन् । कोइरालासँगै केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, गुरु घिमिरे जाने भएका छन् ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरु अमरसिंह पुन (रोल्पा), दिपकजंग शाह (जाजरकोट), मधु आचार्य (काभ्रे), नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति मोहन बराल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली र मकवानपुर कांग्रेसकी नेतृ उमा दाहाल धादिङ जाने कार्यक्रम रहेको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुँदैछ । महाधिवेशनमा आकांक्षी नेताहरुले नेता कार्यकर्तासँगको भेटघाटलाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : २४ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ