मोबाइल पानीमा खस्यो भने के गर्ने ?   « Khabarhub

मोबाइल पानीमा खस्यो भने के गर्ने ?  


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बिहान उठ्ने बित्तिकैदेखि राती ननिदाउँदासम्म अहिले मानिसले खोज्ने एक मात्र वस्तु हो, मोबाइल । मानिस यति अभ्यस्त भइरहेका छन् कि खाना खाँदा, बाथरुम जाँदा वा काम गर्दा पनि मोबाइलमा चलाउने बानी धेरैलाई परिसकेको छ ।

मोबाइलले केवल सूचना आदानप्रदान वा कुराकानीमा मात्र सघाउ पुर्‍याउँदैन । यसमा मानिसले महत्त्वपूर्ण डाटा, फोटो तथा अन्य सामाग्रीसमेत राख्न सक्छन् । तर यति महत्त्वको मोबाइल पानीमा खस्यो भने के गर्ने ?

निम्न उपायमार्फत मोबाइल सुरक्षित राख्न सकिन्छ :

क) पानीमा खस्ने बित्तिकै जतिसक्दो चाँडो मोबाइल बाहिर निकालेर सफा नरम कपडाले पुस्ने र फोनलाई खोलेर राख्ने ।

ख) मोबाइलको पछाडिको ढक्कन, बैटरी, सिम कार्ड, मेमोरी कार्ड सबै बाहिर निकाल्ने र सुख्खा कपडाले नरमसँग सफा गर्नुहोस् ।

ग) केहीको अनुभव अनुसार चामलको डब्वामा मोबाइल राख्दा चामलले फोनभित्र रहेको चिस्यानलाई सोस्ने गर्दछ ।

घ) चामल भित्र फोन राखिएको केही समय वा १ दिन पछि यसलाई राम्ररी सफा गर्नुहोस् ।

ङ) सफा गर्दा चार्जर वा हेडफोन लगाउने प्वाल लगायत क्यामेरा भएको क्षेत्रमा कुनै प्रकारको चामलको दाना वा फोहोर भएमा त्यसलाई बाहिर निकाल्नुहोस् ।

च) अब फोनमा सबै कुरा जोडेर अन गर्नुहोस् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २५ बजे

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका