रेलको लिकमा खसेका व्यक्ति बचाउने बहादुर प्रहरी « Khabarhub

रेलको लिकमा खसेका व्यक्ति बचाउने बहादुर प्रहरी


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल सामाजिक सञ्जालमा अप्ठेरो वा दुर्घटनामा परेका मानिस बचाएको (रेस्क्यू) गरेको भिडियो निकै भाइरल हुने गरेको छ । यसैबीच सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिले त्यस्तै एउटा भिडियो भाइरल बनेको छ, जहाँ रेलको लिकमा खसेको मानिसलाई मृत्युको मुखबाट बचाइएको छ ।

न्युयोर्क सिटी प्रहरी विभागले साझा गरेको भिडियोमा अमेरीकाको ब्रोन्क्समा एक व्यक्ति मेट्रो रेलको लिकमा लमतन्न भएर पल्टिएका थिए । जबकी त्यस लिकमा मेट्रो आउने तयारीमा थियो । जुनबेला ती व्यक्तिको ज्यान जाने खतरा थियो।

त्यसैबेला ती व्यक्तिलाई रेलको लिकबाट निकाल्न त्यहाँ तैनात प्रहरी आफू पनि ज्यानको जोखिम मोल्दै प्लेटफर्ममा हाम फाल्छन् । लिकमा सुतेका व्यक्ति निकाल्न लिकमा गएका प्रहरीलाई देखपछि अन्य यात्रुले पनि उनलाई सघाउँछन् ।

समाचार एजेन्सी अनुसार ६० वर्षीय ती व्यक्ति होस गुमाएर बसेका थिए र मेट्रोको लिकमा खसेका थिए । उनलाई बचाउन ज्यानको जोखिम मोल्दै लिकमा हाम फालेका प्रहरी लुडिन लोपेजका अनुसार केही किलोमिटरको दुरीमा रहेको रेल एक मिनेट मै त्यहाँ आइपुग्ने अवस्थामा थियो । यस्तोमा उनलाई बचाउन साहसको आवश्यकता थियो । त्यसैले उनी लिकमा हाम फाले र सफलतापूर्वक उनको उद्धार गरे ।

भिडियोसहित

 

 

View this post on Instagram

 

A post shared by NYPD (@nypd)

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ०२ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७