डडेलधुरा कांग्रेस सभापतिमा साउँद « Khabarhub

डडेलधुरा कांग्रेस सभापतिमा साउँद


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – नेपाली कांग्रेस डडेलधुरा सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सातौँ जिल्ला अधिवेशनमा प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।  निर्माण व्यवसायीसमेत रहेका साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् ।

साउँदले ७३४ मत प्राप्त गरेका छन् भने ठकुराठीले ७६ मत प्राप्त गरे । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी चयन भएका छन् भने सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।

उपसभापतिद्वय निर्विरोध भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो । सचिव पदका उम्मेदवार  चेतराज भट्ट भने पराजित भए ।

सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत चयन हुनेमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल रहेका छन् । परशुराम नगरपालिकाबाट अर्जुनसिंह साँउद, दलबहादुर साउँद र बसन्ती देवी पाण्डेय छन् ।

आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमतीदेवी बोहरा चयन भएका छन् भने भागेश्वर गाँउपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैशी चयन भए ।

अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द चयन हुँदा नवदुर्गा गाउँपालिकाबाट नरबहादुर बिष्ट र उत्तरा रोश्यारा छानिएका छन् । गन्यापधुरा गाउँपालिकाबाट चन्द्रादेवी विष्ट चयन भएकी छन् ।

महिला खसआर्य तर्फ पशुरपतिकुमारी बोहरा, जला विष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत भएका छन् । दलित महिला सदस्यमा दिपाकामी सर्वसम्मत भएकी छन् भने जनजातितर्फ बसन्ती देवी थापा सर्वसम्मत निर्वाचित भएकी छन् ।

डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा आरजू राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका हुन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन् ।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत  भए ।

समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ग अल्पसङ्ख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत भएकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १६ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी